सुडानको राजधानी नजिकै सैन्य विमान दुर्घटना, ४६ जनाको मृत्यु

सुडानको राजधानी नजिकै सैन्य विमान दुर्घटना, ४६ जनाको मृत्यु

एजेन्सी : सुडानको राजधानी खार्तुम नजिकैको ओमदुरमानमा एक सैन्य विमान दुर्घटनाग्रस्त भएको छ।

दुर्घटनामा ४६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सैन्य कर्मचारी र सर्वसाधारण पनि थिए। साथै, १० जना घाइते पनि भएका छन्।

रूसमा बनेको एन्टोनोभ विमान मंगलबार साँझ वादी सेइदना सैन्य विमानस्थलबाट उडेको थियो।

दुर्घटनाको कारण अझै थाहा हुन सकेको छैन, यद्यपि प्राविधिक गडबडीका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

फागुन १५, २०८१ बिहीबार १०:३७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।