अफगानिस्तानमा भारी वर्षापछि आएको बाढीले ३६ जनाको मृत्यु, ४० जना घाइते

एजेन्सी : अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीका कारण ३६ जनाको मृत्यु भएको छ। ४० जना घाइते भएका छन्।
तालिबान सरकारका राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता अब्दुल्लाह जान साइक देशका अधिकांश प्रान्तहरूमा दुई दिनदेखि भइरहेको अत्यधिक वर्षा र हिमपातका कारण उक्त क्षति भएको बताएका हुन्।
प्रवक्ता साइक भने, ‘वर्षाका कारण खडेरीको प्रभाव कम भए पनि व्यक्तिगत तथा आर्थिक क्षति पनि भएको छ। यसले हामीलाई दु:खी तुल्याएको छ।’
बाढीका कारण दक्षिणी हेलमन्ड प्रान्तमा थप छ जनाको भएको छ। प्रान्तीय सूचना तथा संस्कृति निर्देशक हाफिज अब्दुल बारी रशिदका अनुसार हालै आएको बाढीले हेलमान्डका गरास्क, संगिन, मुसा काला, नवाजाद र बाबाजी जिल्लाहरू साथै राजधानी लश्कर गाह लगायत धेरै क्षेत्रहरू प्रभावित भएको छ।
छिमेकी कान्दाहार र फराह प्रान्तमा वर्षासँग सम्बन्धित घटनाहरूमा लगभग २९ जनाको मृत्यु भएको छ। पश्चिमी प्रान्त फराहमा अचानक आएको बाढीमा परी मृत्यु भएका दुई परिवारका २१ जनाको मृत्यु भएको छ।
सोमबारदेखि अफगानिस्तानका अधिकांश भागहरूमा वर्षा र हिमपात भएको छ। साइकका अनुसार वर्षापछि आएको बाढीका कारणा २४० घरहरू पूर्ण रूपमा क्षति भएका छन् भने ६१ घरहरूमा आंशिक क्षति पुगेको छ।
गत वर्ष उत्तरी अफगानिस्तानमा अचानक आएको बाढीमा परी लगभग ३१५ जनाको मृत्यु भएको थियो भने एक हजार छ सय भन्दा बढी घाइते भएका थिए।
फागुन १५, २०८१ बिहीबार ०९:४२:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।