घाँस काट्न गएका युवती र महिला र पुरुष जंगलमा मृत भेटिएपछि...

खोटाङ : खोटाङमा एक युवती र एक किशोर मृत भेटिएका छन्।
वराहपोखरी गाउँपालिका-१ वराहपोखरीस्थित डाँडाखर्कमा युवती र किशोर मृत भेटिएको वराहपोखरीका वडाध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिए।
कार्कीका अनुसार डाँडागाउँका करिब २२/२३ वर्षीया सरिता बिष्ट बस्नेतको जङ्गलमा हत्या भएको अवस्थामा शव भेटिएको छ।
सोही गाउँका अन्दाजी १९/२० वर्षका शिखर बस्नेत पनि सोही जङ्गलमा मृत भेटिएका छन्। युवतीको शव रहेको करिब २५ मिटर तल रुखमा झुण्डिएको अवस्थामा शिखर मृत फेला परेका हुन्।
मृत भेटिएकी युवती विवाहित हुन्। उनको दुई वर्षको छोरीसमेत रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
मृत भेटिएका युवती र किशोर दुवै जना जङ्गलमा घाँस काट्न गएका थिए। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
फागुन १५, २०८१ बिहीबार ०८:३७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।