बाटो खन्ने क्रममा ढुङ्गा खस्दा स्काभेटर चालकको घटनास्थलमै मृत्यु

बाटो खन्ने क्रममा ढुङ्गा खस्दा स्काभेटर चालकको घटनास्थलमै मृत्यु
सांकेतिक तस्बिर

गोरखा : बाटो खन्ने क्रममा ढुङ्गा खसेर यहाँको अजिरकोट गाउँपालिका–१, स्थित चिस्याङमा स्काभेटर चालकको मृत्यु भएको छ।

बुधबार दिउँसो बा प्र ०६–००१ क ०१३१ नम्बरको स्काभेटरले बाटो खन्दै गर्दा ढुङ्गा खसेर लाग्दा चालकको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।

मृत्यु हुनेमा स्काभेटर चालक तनुहँको आँबुखैरेनी गाउँपालिका-६, घुमाउने घर भएका ४५ वर्षीय रामबहादुर आलेमगर रहेका छन्।

कालिका हाइड्रोपावरको ड्याम जानका लागि नयाँ ट्र्याक खोल्ने क्रममा अचानक माथिबाट ठूलो ढुङ्गा खसेर स्काभेटर र चालकलाई लागेको थियो।

चालक आलेमगरको घटनास्थलमै मृत्यु भएको हो।

फागुन १४, २०८१ बुधबार २२:३०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।