मल्टिमिडिया स्टोरी : ‘मृत’ बागमती कहिले ब्युँतेला !

काठमाडौं : कञ्चन बागमती प्रदूषित हुन थालेको ७४ वर्ष भयो। यो बिचमा सरकारदेखि व्यापारिक घरानासम्म, पूर्व मुख्यसचिवदेखि अभियन्ताहरूसम्म निरन्तर बागमतीलाई कञ्चन बनाउने अभियानमा लागेकै देखिन्छन्। १२ करोडबाट सुरु भएको सफाइ अभियानमा सरकारी तहबाट मात्र २१ अर्बभन्दा बढी रकम खर्च भइसकेको छ। तर बागमती ब्युँतिने संकेत छैन। उल्टो दुर्गन्धित हुँदै आफ्नै विश्वविद्यालयमा भुगर्भशाष्त्रका विद्यार्थीहरूले 'डेड रिभर' भनेर पढ्न थालेका छन्।
आखिर कसले बनायो बागमतीलाई ढलमती, कहाँ खर्च भयो २१ अर्ब, के उही कञ्चन बागमती फर्काउन सम्भव छ ? यही प्रश्नको उत्तरको खोजीमा उकेरा टिमले बागद्वारदेखि छैमलेसम्मको स्थलगत अध्ययन गर्यो, विज्ञहरुसँग भेट्यो, दस्तावेज, प्रतिवेदन अध्ययन गर्यो। र, पाँच महिनाको प्राप्त तथ्यमा आधारित रहेर यो एक्सक्लुसिभ मल्टिमिडिया स्टोरी तयार पार्यो।
पुरा स्टोरीका लागि 👇️ क्लिक गर्नुहोला।
फागुन १४, २०८१ बुधबार १७:५३:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।