बालेन र हर्कबारे प्रचण्ड- ‘उनीहरूलाई त मैले आफ्नै मान्छे ठानेको छु’

बालेन र हर्कबारे प्रचण्ड- ‘उनीहरूलाई त मैले आफ्नै मान्छे ठानेको छु’

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र रूपमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) प्रत्यक्ष राष्ट्रपति निर्वाचित हुँदा केही फरक नपर्ने बताएका छन्।

तराई-मधेश जागरण अभियानको क्रममा रहेका उनले बुधबार प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

सञ्चारकर्मीले सोधेको ‘बालेन, हर्क साम्पाङ प्रत्यक्ष राष्ट्रपति निर्वाचित भए के होला भन्ने प्रश्नमा प्रचण्डले यस्तो जवाफ दिएका हुन्।

उनले भने, ‘हर्क आए पनि फरक पर्दैन। बालेन आए पनि फरक पर्दैन। के बिग्रन्छ र? मैले त उनीहरूलाई लोकतन्त्रको फूल भनेको छु। त्यसबाट म दायाँबायाँ पनि छैन। उनीहरूलाई त म आफ्नै मान्छे ठान्छु।’

फागुन १४, २०८१ बुधबार १३:३८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।