काठमाडौं महानगरका दुई विद्यालयमा ‘बाबा’ परियोजना सम्पन्न

काठमाडौं : काठमाडौं महानगरपालिका, सेन्टर फर इन्टिग्रेटेडअर्बन डेभलपमेन्ट (सीआईयूडी) र बोटलर्स नेपाल लिमिटेडको सहकार्यमा काठमाडौंका दुई सामुदायिक विद्यालयमा ‘बालबालिका र वातावरण (बाबा)’ परियोजना सम्पन्न भएको छ।
मंगलबार एक समारोहबीच महानगरकी उपमेयर सुनिता डंगोलको उपस्थितिमा उक्त परियोजना सम्पन्न भयो। परियोजनाको समापनका अवसरमा दुवै विद्यालयमा मटेरियल रिकभरी सुविधा (एमआरएफ) हस्तान्तरण गरिएको थियो।
सन् २०२४ को जुनमा सुरू गरिएको यस परियोजनाको उद्देश्य विद्यार्थीलाई पाठ्यपुस्तकबाहिरका ज्ञान प्रदान गर्नु र वातावरणीय विषयहरूमा शिक्षित गराउनु थियो।
यसले फोहोर व्यवस्थापन, फोहोरको स्रोतमै वर्गीकरण, पुनःप्रयोग र रिसाइक्लिङ जस्ता अभ्यासलाई प्रवर्द्धन गरेको महानगरले जनाएको छ।
फागुन १४, २०८१ बुधबार १३:३२:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।