अमेरिकाले ल्यायो ‘ट्रम्प गोल्ड कार्ड’, ५० लाख डलरमा किन्न पाइने

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरू गरेका छन्।
‘ट्रम्प गोल्ड कार्ड’लाई ५० लाख डलर अर्थात ७० करोड नेपाली रुपैयाँमा किन्न सकिन्छ। ट्रम्पले यसलाई अमेरिकी नागरिकताको बाटोको रूपमा वर्णन गरेका छन्।
अमेरिकी राष्ट्रपतिले ‘ट्रम्प गोल्ड कार्ड’लाई ईबी-५ भिसा कार्यक्रमको विकल्पको रूपमा वर्णन गर्दै भविष्यमा १० लाख गोल्ड कार्डहरू बेचिने बताएका छन्।
यो कार्ड किनेर धेरै मानिसहरू अमेरिका आउने र धेरै रकम संकलन हुने उनको भनाइ छ। यसले राष्ट्रिय ऋण चाँडै चुक्ता गर्न सकिने उनको भनाइ छ।
ईबी-५ भिसा के हो?
हाल, अमेरिकामा नागरिकता प्राप्त गर्न ईबी-५ भिसा कार्यक्रम छ।
यो १९९० देखि लागू भएको छ। यस भिसा कार्यक्रमको उद्देश्य विदेशी लगानी आकर्षित गर्नु हो। यसमा, मानिसहरूले कम्तिमा १० रोजगारी सिर्जना गर्ने व्यवसायमा १० लाख डलर लगानी गर्नुपर्छ।
धनी लगानीकर्ताहरूलाई आकर्षित गर्न विश्वका १०० भन्दा बढी देशहरूमा गोल्डेन भिसा दिने गर्छ। यी देशहरूमा अष्ट्रेलिया, क्यानडा, बेलायत जस्ता धेरै युरोपेली देशहरू पनि समावेश छन्।
फागुन १४, २०८१ बुधबार ११:३५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।