पशुपतिनाथमा भक्तजनकाे भीड, ‘शिवबुटी’मा मस्त साधु (फाेटाेफिचर)

काठमाडौं : महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ। महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान २ बजेदेखि नै खुला गरिएको थियो।
ढोका खुल्नु अघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लागेकाे छ। महाशिवरात्रि पर्वका अवसरमा आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा विधिपूर्वक पूजा,आराधना एवं दर्शन गरी मनाइँदैछ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा आराधना गर्दछन्।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ।
शिवरात्रिको दिन भारतबाट पशुपति परिसरमा नागा, अघोरी लगायतका साधुहरू पुग्ने गर्छन्। उनीहरूले त्यहाँ शिवको प्रसाद भन्दै गाँजा सेवन गरिरहेका भेटिए। गाँजा सेवन गर्न चाहने सर्वसाधारण उनीहरूको धुनीसँगै बस्छन् अनि निस्फिक्री गाँजाको धुँवामा मस्त छन्।
फागुन १४, २०८१ बुधबार ०९:५३:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।