अनियन्त्रित भ्यान घरको आँगनमा छिर्दा ६ वर्षीय बालक मारिए, तीन जना घाइते

अनियन्त्रित भ्यान घरको आँगनमा छिर्दा ६ वर्षीय बालक मारिए, तीन जना घाइते

नेपालगन्ज : नेपालगन्जमा भ्यानको ठक्करबाट ६ वर्षका बालकको मृत्यु भएको छ। सो घटनामा तीन जना घाइते भए।नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरमा सडकमा गुडिरहेको भे १ च ३८९५ नम्बरको डेलिभरी भ्यान अनियन्त्रित भएर सञ्जय सिलवालको घरको आँगनभित्र छिरेको थियो।

दुर्घटनामा छ वर्षीय बालक दृश्यसिंह बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिम विकले जानकारी दिए।

दुर्घटनामा स्थानीय ४३ वर्षीय सिलवाल, छ वर्षीय सृष्टि गौतम र आठ वर्षीय सञ्जीव सिलवाल घाइते भएका छन्। उनीहरू घरबाहिर आँगनमा बसिरहेका थिए। तीनै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।

भ्यान र भ्यान चालक २३ वर्षीय सुरज थारु र भ्यानमा सवार अर्का एक जना ३८ वर्षीय लियाकत अलीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिएको।

फागुन १३, २०८१ मंगलबार २२:०८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।