इमाडोलको रङ्ग पसलमा आगलागी

ललितपुर : ललितपुरको इमाडोलस्थित एउटा रङ्ग पसलमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार महालक्ष्मी नगरपालिका–१ इमाडोलको रङ पसलमा मंगलबार साँझ आगलागी भएको हो।
प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणमा लिएका थिए। सो पसल रहेको घरको माथिल्लो तल्लामा डेन्टल र तल्लो तल्लामा रङ पसल थियो। क्षतिको विवरण सार्वजनिक भएको छैन।
फागुन १३, २०८१ मंगलबार २०:५२:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।