मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा पेट्रोल-डिजेल गाडीलाई प्रोत्साहन

मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा पेट्रोल-डिजेल गाडीलाई प्रोत्साहन

काठमाडौं : नेपाल राष्ट्र बैंकले विद्युतीय सवारीसाधन (ईभी) को ऋण मूल्य अनुपातको प्रतिशत घटाएको छ। मंगलबार सार्वजनिक मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा ईभीको ऋण मूल्य अनुपात ८० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा झारेको छ।

इभीको तुलनामा पेट्रोल तथा डिजेलबाट चल्ने अन्य व्यक्तिगत सवारीसाधन खरिदलाई भने सहज बनाएको छ। सवारीसाधनको ऋण मूल्य अनुपात ५० प्रतिशत रहेकोमा अर्ध वार्षिक समीक्षामा १० प्रतिशत बढाएर ६० पुर्याएको छ। यसले राष्ट्र बैंकले इभीको तुलनामा पेट्रोल र डिजेलबाट चल्ने गाडी किन्न प्रोत्साहित गरेको देखिन्छ।

फागुन १३, २०८१ मंगलबार २०:४६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।