प्रधानमन्त्री ओलीको दाबी ‘देशमा असाधारण विकास भइरहेको छ’

प्रधानमन्त्री ओलीको दाबी ‘देशमा असाधारण विकास भइरहेको छ’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट  उज्यालो युगमा प्रवेश गरेको दाबी गरे।जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले देशमा असाधारण विकास हुँदै गएको दाबी गरेका हुन्।

उनले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने दाबी गर्दै देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर सरकारले काम गरिरहेको दाबी समेत गरे।

‘खान लाउन नपाउनेलाई सरकारले हेर्नुपर्छ। पढ्न नसक्नेलाई सरकारले पढाउनु पर्छ। शुल्क तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुपर्छ भन्ने छैन,’ उनले भने ‘आफैँ तिरेर उच्चशिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर अध्ययन गर्ने वातावरण तयार गर्नुपर्दछ।’

उनले निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने नरहेको भन्दै शिक्षा क्षेत्र खेलबाड गर्ने थलो नभएको भन्दै एसइईमा ५२ प्रतिशत अनुत्तीर्ण हुने स्थिति र प्रणाली अन्त्य गर्नुपर्ने बताए।

उनले ‘एसइई’मा धेरै सङ्ख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन नसकिने र विद्यार्थीलाई बुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने समेत बताए। 

फागुन १३, २०८१ मंगलबार १७:२०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।