२०८१-०८१ मा बजेटमा समावेश भएर काम सकिएको आयोजनाको भुक्तानी गर्ने मन्त्रीपरिषद्को निर्णय

काठमाडौं : मन्त्रीपरिषद्ले आर्थिक वर्ष २०८०-८१ को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएर सोही आर्थिक वर्षमा कार्य सम्पन्न भएका तर भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय मंगलबार सार्वजनिक भएको हो। मंगलबार सार्वजनिक भएका निर्णयहरूमा भारत, थाइल्यान्ड, अमेरिका लगायतका देशमा आयोजना हुने विभिन्न कार्यक्रममा प्रतिनिधिहरूलाई सहभागी हुन अनुमति दिने निर्णय गरेको छ।
बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ब्रिज इप्रुभमेन्ट एन्ड मेन्टिनेन्स कार्यक्रम तेस्रो चरणअन्तर्गत १ सय ५० मिलियन अमेरिकी डलर बराबरको प्रस्तावित सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्ने सम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्ताबेजलाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने र उक्त वार्ता टोलीलाई विश्व बैंकसँग वार्ता गर्न अख्तियारी दिने निर्णय समेत गरेको छ।
फागुन १३, २०८१ मंगलबार १५:२७:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।