बढ्दो मोटोपनदर घटाउन सार्क राष्ट्रका चिकित्सक तथा अनुसन्धानकर्ताद्वारा साझा प्रतिवद्धता

काठमाडौं : काठमाडौंमा मोटोपना सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ।
‘साउथ एशियन ओबेसिटी फोरम’को आयोजनामा ‘युनाइटेड अगेन्स्ट ओबेसिटी’ भन्ने नाराका काठमाडौँको होटल हयातमा गरिएको मोटोपनाको स्वास्थ्य समस्या सम्बन्धी सम्मेलन समापन भएको हो।
उक्त सम्मेलनमा १ सय ५० विदेशी डाक्टर तथा अनुसन्धानकर्ता सहित ४ सय सहभागी भएको साउथ-एशियन ओबेसिटी फोरमकी अध्यक्ष डा दिना श्रेष्ठले जानकारी दिइन्।
डा श्रेष्ठले स्वास्थ्य महामारी मोटोपनाका चुनौतीहरूलाई सम्बोधन गर्ने र मोटोपनबारे जनचेतना, अनुसन्धान तथा वकालतमार्फत दक्षिण एसियाली क्षेत्रमा यसको प्रभावलाई कम गर्ने रहेको बताइन्।
सम्मेलनमा साउथ एशियन ओबेसिटी फोरमका उपाध्यक्ष डा सञ्जय कालरा तथा ‘एशियन जर्नल अफ ओबेसिटी’का चिफ एडिटर डा नितिन कपुरले आफ्ना धारणा राखेका थिए।
सम्मेलनमा ‘एशियन जर्नल अफ ओबेसिटी’को नयां अंकको विमोचनसमेत गरिएको थियो। सहभागीहरू सम्मेलनबाट विषयको गम्भीरता र यस क्षेत्रका बिरामीहरूको लागि मोटोपन हेरचाह सुधार गर्ने प्रगतिलाई तीव्र पार्ने साझा प्रतिवद्धताका साथ बाहिरिएका थिए।
फागुन १३, २०८१ मंगलबार १२:१४:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।