काभ्रेमा बस दुर्घटना, १८ जना घाइते

धुलिखेल : वीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-१० शारदाबतासमा आज बिहान बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।
काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको प्रहरीले जनाएको छ।
उक्त बसमा चालक र सह–चालकसहित २४ जना सवार रहेकामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।
जसमध्ये सात जनाको अवस्था मध्यम रहेको र अरू सबै सामान्य रहेको जनाएको छ।
घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक घलेले बताए।
फागुन १३, २०८१ मंगलबार ११:५७:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।