संयुक्त राष्ट्र संघमा पहिलो पटक रुसको समर्थनमा उत्रियो अमेरिका, भारत र चीन कता?

संयुक्त राष्ट्र संघमा पहिलो पटक रुसको समर्थनमा उत्रियो अमेरिका, भारत र चीन कता?

एजेन्सी : संयुक्त राष्ट्र संघले सोमबार युक्रेनी भूभागबाट रुसको तत्काल फिर्तालाई समर्थन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ।

यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत पर्यो। ६५ देशले मतदानमा भाग लिएनन्।

रुस र युक्रेनबीच युद्ध सुरु भएपछि पहिलो पटक अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेको छ।

प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत र फ्रान्स जस्ता प्रमुख युरोपेली देशहरू समावेश छन्।

जबकि अमेरिका, इजरायल र हंगेरीसँगै रुसले यो प्रस्तावको विपक्षमा मतदान गरे। यो प्रस्ताव युक्रेनसँगको रूसको युद्धको तेस्रो वर्ष पुग्नै लाग्दा आएको हो।

संयुक्त राष्ट्र संघमा यस प्रस्तावमाथि भएको मतदानमा भारत र चीनले भाग लिएनन्।

फागुन १३, २०८१ मंगलबार ०८:३०:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।