बिहीबार र शुक्रबार काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा हुने बलियो सम्भावना

बिहीबार र शुक्रबार काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा हुने बलियो सम्भावना

काठमाडौं : हाल देशमा पश्चिमी वायूका साथै स्थानिय वायूको आंशिक प्रभाव रहेको छ।

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मूख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज र भोलि मौसम सामान्यतया सफा रहे पनि बिहीबार र शुक्रबार भने पश्चिमी बायु सक्रिय भई पश्चिम नेपालमा राम्रै वर्षा हुने मौसमविद् विनोद पोखरेलले जानकारी दिए।

उनका अनुसार बिहीबार र शुक्रबार काठमाडौंले पनि पहिलो हिउँदे वर्षा देख्ने बलियो सम्भावना छ।

यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न महाशाखाले आग्रह गरेको छ।

फागुन १३, २०८१ मंगलबार ०७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।