गगनको दाबी 'कांग्रेस चकचक गरेर बस्दैन तर एमालेको दुर्व्यवहार सहन्न'

प्युठान : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरू चकचक नगरी सरकारमा बस्ने तर एमालेबाट कुनै दुर्व्यवहार भए सरकार छाड्ने दाबी गरे।सोमबार प्युठानमा आयोजित सभालाई सम्बोधन गर्दै उनले कांग्रेसले कुनै चकचक नगर्ने, कुनै उपद्रो नगर्ने भन्दै भने ' ‘हामी यताबाट उफ्रेर कतै जाँदैनौँ। तीन वर्षको सरकारको अधिकतम प्रयत्न गर्छौँ। एमालेसँग विधिको शासनमा सम्झौता गर्नुपर्यो भने सरकार छाड्छौँ, तर कानुनको शासनमा सम्झौता गर्दैनौँ।’
उनले सभामा आधारभूत अधिकारका लागि सम्झौता गर्नुपरेको दिन कांग्रेसले सरकार छाड्ने दाबी गरे। उनले प्रजातान्त्रिक अधिकारसँग सम्झौता गर्नुपरेको दिन पनि सरकार छाड्ने दाबी गरे।
उनले कांग्रेसले एमालेसँग बराबरको सम्बन्ध चाहेको बताउँदै कांग्रेसले एमालेलाई नहेप्ने र कांग्रेस पनि नहेपिने बताए। उनले केन्द्रदेखि जिल्लासम्म बराबरको सम्बन्ध चाहेको भन्दै कहिँकतै दुर्व्यवहार भएमा सहेर नबस्ने दाबी गरे।
फागुन १२, २०८१ सोमबार १८:१०:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।