सांसद तोसिमाले मागिन् स्वास्थ्यमन्त्री पौडेलको राजीनामा

सांसद तोसिमाले मागिन् स्वास्थ्यमन्त्री पौडेलको राजीनामा
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा मागेकी छन्।

स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पुर्याउँछु भनेका स्वास्थ्यमन्त्रीले त्यसको कार्यान्वयन गर्नुको साटो भुक्तानी गर्न सकिँदैन भन्ने लाचार अभिव्यक्ति दिएको भन्दै उनले मार्ग प्रशस्त गर्न आग्रह गरेकी हुन्।

‘स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पुर्याउँछु भन्ने महत्त्वकांक्षी सपना बाँड्नुहुने स्वास्थ्यमन्त्रीबाट नै अब यो भुक्तानी गर्न सकिएन भन्ने लाचार अभिव्यक्ति सुन्दा दुःख लागेको छ,’ उनले भनिन्, ‘यदि सल्लाहकार छैनन्, उपयुक्त सल्लाह लिन सकिँदैन र यसमा तथ्यांकगत अध्ययन पुग्दैन भने मार्गप्रशस्त गरिदिनुहोला हामी सल्लाह सुझाव दिन तयार छौँ।’

चल्ने बेलामा स्वास्थ्य बीमा हामीले ल्यायौं भनेर जस लिन खोजेको र अहिले अलपत्र पारेर छाड्न खोजेको भन्दै उनले अनिवार्य र सबैका लागि स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न समेत सुझाव दिइन्।

‘सुरुवात मन्त्रीज्यूबाटै गरौँ। दुई करोड ९१ लाख जनताले स्वास्थ्य बीमा लिने हो भने वर्षेनी २० अर्बभन्दा बढी रकम उठ्छ,’ उनले थपिन्, ‘अनि स्वास्थ्य मन्त्रीले १३ अर्ब रकम तिर्न सकिएन भन्दै हिँड्नै पर्दैन।’
 

फागुन १२, २०८१ सोमबार १३:४४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।