डोजरले खसालेको ढुंगाले लाग्दा मुगुमा छ वर्षीय बालकको मृत्यु

मुगु : मुगुको सोरु गाउँपालिका अन्तरगत पर्ने वडा नम्बर १० बजुरेदेखि दोमुख जोड्ने सडक निर्माणको क्रममा डोजरले ढुंगा खसाल्दा एक जनाको मृत्यु भएको छ।
हुम्लाबाट आफ्नो घर धैनतिर फर्किँदै गर्दा सोरू गाउँपालिका-१० बलाडि नजिकै डोजरले खसालेको ढुङ्गा लागेर छ वर्षीय बालक लोकजङ्ग नेपालीको घटनास्थलमै मृत्यु भएको हो।
आमा कल्पना नेपाली सिकिस्त घाइते भएको स्थानीयले बताएका छन्। उक्त सडक खण्डको ठेक्का हुम्ला निवासी ध्रुव शाही र डोजर धनी सोही वडा निवासी नवराज मल्लले सडकको निर्माण जिम्मा लिएका छन्।
घटना सदरमुकामदेखि टाढा भएको हुनाले थप विवरण आउन बाँकी रहेको छ। अहिले घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ।
घाइते कल्पना नेपालीलाई जिल्ला सदरमुकाम गमगढी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
फागुन १२, २०८१ सोमबार १०:५०:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।