युक्रेनमाथि रुसको अहिलेसम्मकै ठूलो २६७ ड्रोन आक्रमण, जेलेन्स्कीले के भने?

एजेन्सी : रुसले शनिबार राति युक्रेनमा ठूलो ड्रोन आक्रमण गरेको छ। यो युद्धको तीन वर्ष पूरा हुनुभन्दा एक दिन अघि रुसले यो आक्रमण गरेको हो।
युक्रेनको वायुसेना कमान्डका प्रवक्ता युरी इग्नाटका अनुसार रुसले एकैपटक २६७ ड्रोन युक्रेनमा प्रहार गरेको हो।
आक्रमणका कारण रातभर धेरै क्षेत्रहरू ध्वस्त भएको र धेरै भवनहरूमा आगो लागेको युक्रेनी आपतकालीन सेवाहरूले बताएका छन्।
यस आक्रमणमा कति जनाको मृत्यु भएको छ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। तर, आपतकालीन सेवाहरूको प्रारम्भिक तथ्याङ्कले कम्तीमा तीन जना घाइते भएको देखाएको छ।
यसैबीच, रुसको रक्षा मन्त्रालयले रातभरि रुसले प्रहार गरेका २० वटा युक्रेनी ड्रोनहरू ‘ध्वस्त’ पारिएको बताएको छ।
रुसले शनिबार राति तीनवटा ब्यालिस्टिक मिसाइल पनि प्रहार गरेको रिपोर्ट गरेको युक्रेनी वायुसेनाले जनाएको छ।
रुसको आक्रमणपछि जेलेन्स्कीले एक विज्ञप्ति निकालेर ‘युद्ध जारी रहेको’ जनाएका थिए। साथै उनले यस क्षेत्रमा शान्ति ल्याउन मद्दतको लागि आग्रह समेत गरे।
फागुन ११, २०८१ आइतबार २१:४६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।