हिज्बुल्लाहका नेता हसन नसरल्लाहको मारिएको पाँच महिनापछि अन्त्येष्टि

हिज्बुल्लाहका नेता हसन नसरल्लाहको मारिएको पाँच महिनापछि अन्त्येष्टि

एजेन्सी : लेबनानको सैन्य समूह हिज्बुल्लाहका नेता हसन नसरल्लाहको मारिएको पाँच महिनापछि अन्त्येष्टि गरिएको छ।

नरसल्लाह र उनका उत्तराधिकारी हाशिम सफिद्दीनलाई बिदाइ गर्न आइतबार हजारौं मानिसहरू बेरुतको स्पोर्ट्स सिटीमा भेला भएका थिए।

करिब पाँच महिनाअघि इजरायली आक्रमणमा हिजबुल्लाहका यी दुई शीर्ष नेता मारिएका थिए।

इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले पनि हिज्बुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युमा पाँच दिनको शोकको घोषणा गरेका थिए।

इरानका विदेशमन्त्री अब्बास अरघची हसन नसरल्लाह र हाशिम सफिद्दीनको अन्त्येष्टिमा सहभागी हुँदैछन्।

फागुन ११, २०८१ आइतबार २१:३९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।