एनसेलको फ्ल्यास सेल अब खल्ती एपमा पनि, बोनस डेटा, टक टाइमसँगै उपहार पनि

एनसेलको फ्ल्यास सेल अब खल्ती एपमा पनि, बोनस डेटा, टक टाइमसँगै उपहार पनि

काठमाडौं : एनसेलले खल्तीसँगको साझेदारीमा ग्राहकहरूका लागि खल्ती एपमा फ्ल्यास सेल अफर राखेको छ। कम्पनीका अनुसार हरेक आइतबार खल्तीबाट प्याकहरू किन्दा ग्राहकले बोनस डेटा, टक टाइमसँगै उपहार समेत जित्न सक्नेछन्।

आइतबार (फागुन ११) बाट सुरु भएर चैत ९ सम्म सञ्चालनमा रहने यो अफर अन्तर्गत ग्राहकले खल्तीमार्फत एनसेलका छानिएका सात प्याकमध्ये कुनै एक प्याक किन्न सक्छन्।

यसरी छानिएका प्याकमा सधैँ अन अन्तर्गतका चार, होम एन्ड अवेका दुई वा ९९९ अन लिमिटेड प्याकेज रहेको कम्पनीले जानकारी दिएको छ। सधैँ अन प्याकअनुसार ग्राहकले ५ जीबी, ८ जीबी वा १० जीबी डेटा बोनसका रूपमा पाउनसक्ने, होम एन्ड अवेका प्याक किन्दा ५ जीबी वा ७ जीबी थप डेटा बोनस पाइने र ९९९ अन लिमिटेड डेटा प्याक किन्दा ग्राहकले एक सय मिनेट अन नेट टक टाइम बोनस पाउने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।

सुरुवातमा एनसेल एपको विशेष अफरका रूपमा सञ्चालनमा ल्याइएको फ्ल्यास सेल हरेक हप्ता आइतबार ग्राहकहरूलाई बोनस सुनिश्चित गर्दै खल्तीमा पनि लागु भएको एनसेलले जानकारी दिएको छ।

खल्तीबाट सधैँ अन ७९९ को प्याक किन्दा प्याकमा पाइने अन लिमिटेड अल–नेट टक टाइम, ३० जीबी डेटा, ७९ अल–नेट एसएमएसबाहेक ग्राहकहरूले थप ५ जीबी बोनस डेटा प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

खल्तीसँगको यो साझेदारीले ग्राहकहरूलाई डिजिटल कारोबारका लागि प्रोत्साहन गर्ने र उनीहरुकालागि सेवामा पहुँच अझै सुलभ हुने एनसेलले जानकारी दिएको छ।  एनसेलले हरेक शनिवार एनसेल एपमा संचालनगर्दै आएको फ्ल्यास सेललाई जारी नै  राखेको समेत जनाएको छ।

एनसेल एपबाट शनिवार सेवा खरिद गर्दा ग्राहकहरूले बोनसका साथै फागुन २४ सम्मका लागि न्यूम्यूका सामान किन्दा २०प्रतिशत छुट पाउन सकिने कम्पनीले जानकारी दिएको छ। 

फागुन ११, २०८१ आइतबार १६:२६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।