सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो

सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो

काठमाडौं : साताको पहिलो दिन आइतबार (आज) सुनको मूल्य सामान्य बढ्दा चाँदीको मूल्य घटेको छ।

शुक्रबारको तुलनामा आज सुन तोलामा तीन सय रुपैयाँ बढ्दा चाँदी तोलामा २० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ७० हजार तीन सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुन तोलाको एक लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदी आज तोलाको एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी तोलाको एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

फागुन ११, २०८१ आइतबार ११:००:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।