सहायक हवल्दारसहित प्रहरीका १० जना सम्पर्कविहीन

सहायक हवल्दारसहित प्रहरीका १० जना सम्पर्कविहीन

काठमाडौं : नेपाल प्रहरीका सहायक हवल्दारसहित १० जना सम्पर्कविहीन भएका छन्।

आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएपछि प्रहरी केन्द्रीय कार्यालयले एक सूचना निकालेर सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ।

हाजिर हुँदा सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन समेत निर्देशन दिइएको छ। त्यसरी नआउनेहरुलाई प्रहरी नियमावली, २०७१ जागिरबाट हटाइने सूचनामा उल्लेख छ।

सम्पर्कविहीन हुनेहरूमा प्रहरी सहायक हवल्दार कृष्ण कार्की, प्रहरी जवानहरू रन्जित श्रेष्ठ, खिमबहादुर केसी, विनम ज्ञाङमी, अस्मी तामाङ, प्रज्वल घर्ती मगर, शम्शेर घर्ती मगर, रेशम पुन, कृष्ण विक र प्रहरी कार्यालय सहयोगी जनक बहादुर गाईन रहेका छन्।

फागुन ११, २०८१ आइतबार १०:२३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।