पाथीभराको सिरमा हिउँको शीतल, पुछारमा पहिचानवादीको राप

पाथीभराको सिरमा हिउँको शीतल, पुछारमा पहिचानवादीको राप

काठमाडौँ : ताप्लेजुङको पाथीभराको माथिल्लो क्षेत्र अहिले हिमपातले सेताम्मे भएको छ। पाथीभरा मन्दिर जाने मुख्य विश्रामस्थल ठुलो फेदी आसपासको क्षेत्रमा बाक्लो हिउँ जमेको छ।

तर तलको अवस्था अलि फरक छ। मुक्मुलुङ समेत भनिने पाथीभरा जान केबलकार बनाउन हुने कि नहुने भन्ने विवाद स्थानीयको हातबाट फुत्किएर जिल्ला बाहिरका पहिचानवादी नेताहरूको हातमा पुगेपछि त्यहाँ झडप सुरु भएको छ।

राजेन्द्र महतोसहितको पहिचानवादी पक्षधरका नेताहरुलाई कालो झन्डा देखाएर विरोध गर्दै केही स्थानीय।प्रारम्भमा वातावरणको संरक्षण र आर्थिक स्रोतको बाँडफाँटबारे स्थानीयबाट सुरु भएको गुनासोको सुनुवाइ हुन सकेन। अनि बिस्तारै जातीय र धार्मिक सङ्गठनको प्रवेश भयो, उनीहरूले नो केबलकार अभियानै सुरु गरे। अहिले त पाथीभराको विषय न स्थानीय धार्मिक सङ्गठनको हातमा रहेको देखिन्छ न त जातीय सङ्गठनमै सीमित देखिन्छ।

मधेसमा जातीय राजनीतिमा असफल भएका राजेन्द्र महतोदेखि कोशी प्रदेशमा जातीय पहिचानको राजनीतिमा असफल भएको समूह अहिले ताप्लेजुङमा सक्रिय देखिएका छन्।

ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपातपछि सेताम्मे भएका संरचना। पाथीभरा मन्दिर जाने मुख्य विश्रामस्थल ठुलो फेदी आसपासको क्षेत्रमा बाक्लो हिउँ जमेको छ। तस्बिरः दिलकुमार लिम्बू/राससस्थानीय मुद्दामा बढेको राजनीतिक प्रभावका कारण सरकारले बनाएको वार्ता समिति प्रभावहीन बनेको छ। उता अलि शान्त भइसकेको ताप्लेजुङको सदरमुकामलाई महतोसहितका नेताहरू गएर शनिवार बेलुकाबाट पुन तताउन सुरु गरेका छन्।

शनिवार दिनभर पाथीभराको माथि हिउँ परिरह्यो। बेलुका तल महतोसहितको नेतृत्वमा राँके जुशुल निस्कियो। झडप भयो। अनि झडपमा दुबैतर्फ १० जना बढी घाइते भए। 

फागुन १०, २०८१ शनिबार २२:२१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।