कुम्भमेलामा सहभागी भएर नेपाल फर्कँदै गरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु, ६ जना घाइते

कुम्भमेलामा सहभागी भएर नेपाल फर्कँदै गरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु, ६ जना घाइते

सप्तरी : सवारी दुर्घटनामा परेर भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलामा सहभागी भएर घर फर्किएका चार जनाको मृत्यु भएको छ। सो घटनामा छ जना घाइते भएका छन्।

उत्तर प्रदेशका गोरखपुर लिङ्क रोडमा शुक्रवार राति उनीहरू चढेको सवारी दुर्घटनामा परेको थियो। दुर्घटनामा कञ्चनरूप नगरपालिका– ७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लिलावती चौधरी, वडा नम्बर– ५ की ५५ वर्षीया हरिहर वती यादव र उनकी भाउजू सुनसरीको कुशहा गाउँपालिका– १ की समतोलियादेवी यादवको मृत्यु भएको कञ्चनरुप नगरपालिका– ७ का वडाध्यक्ष समानन्द चौधरीले जानकारी दिए।

सोही गाडीमा रहेका लिलावतीका श्रीमान् कञ्चनपुर नगरपालिका १ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालय वैरवाका शिक्षक उपेन्द्र नारायण चौधरी, वडा नम्बर ७ कै लालुदेवी यादव, वडा नम्बर ५ का जितु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाई र चालकसहित ६ जना घाइते छन्। उनीहरूको गोरखपुर अस्पतालमा उपचार भइरहेको छ।

फागुन १०, २०८१ शनिबार १७:५५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।