किताब विमोचनमा राधिकाले भनिन् ‘ बालकोटको घर पसिनाको कमाई हो, भ्रष्ट्राचार  गरेर बनाएको दरबार हैन’

किताब विमोचनमा राधिकाले भनिन् ‘ बालकोटको घर पसिनाको कमाई हो, भ्रष्ट्राचार  गरेर बनाएको दरबार हैन’

काठमाडौँ : प्रथम महिला राधिका शाक्यले बालकोटमा रहेको आफ्नो घरलाई भ्रष्टाचार गरेर बनाएको दरबार भन्ने गरेको भन्दै चित्त दुखाइन्।

आफूले लेखेको किताब ‘करुणा’ को लोकार्पण कार्यक्रममा उनले भक्तपुरको बालकोटको रहेको घरलाई धेरैजसोले दरबार भन्ने गरेकोमा दुखेसो गरिन्।

उनले बालकोटको घर कसरी बन्यो भनेर कसैलाई जिज्ञासा भए एक-एक हिसाब बुझाउन तयार रहेको बताइन्।

‘३३ वर्ष राष्ट्र बैंकमा काम गर्ने मौका पाए। मलाई बस्ने घर त्यही संस्थाले दिएको छ, जसोतसो बस्ने घर हामीले बनाएका हौँ,’ उनले भनिन् ‘हामी कति वर्ष डेरामा बस्यौँ त्यो  किताबमा छ।  बालकोटको  घर  कसरी बन्यो  त्यसको म एक एक हिसाब बुझाउन तयार छु। दुई  पैसा  काहीकतैबाट लिएका छैनौँ। आफ्नै  पसिना, मेहनतले  घर बनाएका हौँ।  भ्रष्ट्राचार  गरेर  बनाएको बालकोट दरबार भन्न मिल्दैन।’

शाक्यले किताबमा बालापनदेखि बिहेसम्मका कुराहरू समेटिएको बताइन्।

‘म सानैदेखि गरिब दुखीहरूलाई देख्न नसक्ने खालको मान्छे थिए। यसै विषयलाई समेटेर मैले पुस्तक लेखेको हो। यसमा बालापनसँगै बिहेसम्मका कुराहरू समेटिएका छन्’ उनले भनिन्।

फागुन १०, २०८१ शनिबार १६:२६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।