राधिकाको किताब विमोचन गर्दै केपी ओलीले भने ‘ पहिल्यै श्रीमती पाल्ने हुती छैन भनेको थिएँ’

काठमाडौँ : श्रीमती राधिका शाक्यको किताब विमोचन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यो २४ क्यारेट सुनजस्तै सत्य रहेको र कसैले प्रश्न उठाउन नसक्ने दाबी गरे। शनिवार काठमाडौँमा प्रथम राधिका शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण गर्दै उनले किताब केही पनि नमिसिएको दाबी गरे।
‘मैले पढ्दा किताब राम्रै लाग्यो। उपन्यास होइन, सत्य कुराको लिखत हो। यो कहानी, कथा होइन यो सत्य हो। यो केही पनि नमिसिएको २४ क्यारेट पुस्तक हो। पुस्तकमा भएको सत्यमाथि कसैले प्रश्न उठाउन सक्दैनन्। म ढुक्क छु, साक्षी छु’ उनले दाबी गरे।
उनले बाँच्ने, मर्ने ठेगान नभएर घरखेत सबै सकाएर हिँडेको मान्छे, पाल्न सक्दिन, पाल्न सक्ने हुती भएको मान्छे होइन भनेर पहिलै प्रस्ट राधिकालाई भनेको उनले बताए।
‘एउटा श्रीमती पाल्छु भनेर धाक दिन पनि सक्दिन भनेर भन्ने गरेको थिए। पाल्न सक्ने हुती भएको मान्छे होइन भनेर प्रस्ट भनेको थिए’ उनले भने।
फागुन १०, २०८१ शनिबार १६:१४:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।