फिदिम र फुङ्लिङ्गमा एभरेष्ट बैंकको शाखा विस्तार

फिदिम र फुङ्लिङ्गमा एभरेष्ट बैंकको शाखा विस्तार

काठमाडौं : एभरेष्ट बैंकले कोशीका दुई पहाडी जिल्लामा शाखा विस्तार गरेको छ। बैंकले पाँचथरको फिदिममा १३०औं र ताप्लेजुङको फुङ्लिङमा १३१औं शाखा विस्तार गरेको हो।

फिदिम र फुङ्लिङ्गमा शाखा सञ्चालनमा आएसँगै बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवा दिने प्रतिबद्धता जनाएको छ।

फिदिम र फुङ्लिङ्गमा शाखा सञ्चालन गरेसँगै यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुग्न गई समग्र आर्थिक विकासमा थप टेवा पुग्ने बैंकको विश्वास छ। साथै आगामी दिनमा बैंक पुग्न नसकेको तथा वित्तीय पहुँचबाट बाहिर रहेका अन्य स्थानमा समेत शाखा विस्तार गर्दै जाने बैंकको योजना छ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेको र देशैभरीे १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६७ एटीएम छन्।

फिदिम र फुङ्लिङ्ग शाखाको उद्धघाटन समारोहमा बैंकका तर्फबाट सञ्चालक किरण कुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र कोशी प्रदेशका प्रमुख सुधीर गौतमका साथै फिदिम शाखामा फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्ले र फुङ्लिङ्ग शाखामा फुङ्लिङ्ग नगरपालिकाका प्रमुख अमिर मादेन लगायत नेपाल सरकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थिति थियो।

फागुन १०, २०८१ शनिबार १४:१२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।