रोलरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ : काठमाडौँ महानगरपालिका–१३ पुरानो कालीमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
रोलरको ठक्करबाट धादिङको गङ्गाजमुना गाउँपालिका–५ बस्ने ५५ वर्षीय साने गुरुङको मृत्यु भएको हो। घटनापछि रोलर चालक मकवानपुरका उमेश स्याङतान भागेका थिए। उनलाई काठमाडौँको नागार्जुन नगरपालिका–१० स्युचाटारबाट प्रहरीले पक्राउ गरेको थियो।
उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको प्रहरीले जानकारी दिएको छ।
फागुन ९, २०८१ शुक्रबार १८:०७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।