त्रिवि स्ववियु निर्वाचन चैत ५ मा, फागुन १९ देखि दल दर्ता सुरु

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले फागुन १९ देखि चैत ५ गतेसम्मको विस्तृत कार्यतालिका तयार पारेको हो।
निर्वाचन कार्यतालिका अनुसार फागुन १९ मा संघ/संगठन/समूह दर्ता (दिउँसो ३ बजेसम्म), फागुन २१ मा मतदाता सूची प्रकाशन, फागुन २५ मा मतदाता सूचीमाथि दाबी विरोध र छानबिनपछि अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ।
फागुन २७ मा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवारको मनोनयन पत्र दाखिला, फागुन २९ दिउँसो २ बजेदेखि चैत २ राति १२ बजेसम्म चुनाव प्रचारप्रसार, चैत २ राति १२ बजेपछि मौन अवधि र - चैत ५ मा मतदान हुने कार्यतालिकामा उल्लेख छ।
यस पटकको स्ववियु निर्वाचन प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट हुन लागेको छ। विद्यार्थी संघ सङ्गठनहरूले फागुन १९ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने छ।
फागुन ९, २०८१ शुक्रबार १७:५९:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।