नेपाल प्रहरीमा ३९३ जनाका लागि जागिर खुल्यो

नेपाल प्रहरीमा ३९३ जनाका लागि जागिर खुल्यो

काठमाडौं : नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि जागिर खुलाएको छ।

जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लागिएको प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनोट महाशाखाले जनाएको छ।

प्रहरी निरीक्षकतर्फ ७७ जना र प्रहरी सहायक निरीक्षकतर्फ ३१६ जना आवश्यक परेको सूचनामा जनाइएको छ

फागुन ९, २०८१ शुक्रबार ११:४५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।