पोखराका मेयर आचार्य पनि डिस्चार्ज भए

काठमाडौँ : पोखरा भ्रमण वर्षको उद्घाटनको दिन भएको दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य डिस्चार्ज भएका छन्।
कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको स्वास्थ्यमा सुधार देखिएपछि बिहीबार डिस्चार्ज गरिएको अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीले जानकारी दिए।
‘प्रमुख आचार्यको स्वास्थ्य अवस्थामा सुधार भएपछि डिस्चार्ज गरिएको हो’, उनले भने, ‘फलोअपका लागि उहाँलाई पुनः बोलाएका छौँ।’
फागुन ३ मा पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष–२०२५’ को औपचारिक घोषणा कार्यक्रममा बेलुन विस्फोट हुँदा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र प्रमुख आचार्य घाइते भएका थिए। मन्त्री पौडेल यसअघि नै डिस्चार्ज भइसकेका छन्।
फागुन ८, २०८१ बिहीबार २२:२०:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।