एनसेलले ल्यायो '९० अनलिमिटेड' र '५० डेटा' अफर

काठमाडौं : एनसेलले बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्ने उद्देश्यले '९० अनलिमिटेड' र '५० डेटा' गरी दुई डेटा प्याकेजहरू सञ्चालनमा ल्याएको छ। यी प्याकहरू ग्राहकहरूलाई सधैँ अन राख्न योगदान पुर्याउने कम्पनीको प्रतिबद्धता अनुरूप ल्याइएको जनाएको छ।
९० अनलिमिटेड प्याकमा कर सहित ९० रुपैयाँ शुल्कमा दुई दिनसम्म अनलिमिटेड मोबाइल इन्टरनेटको सुविधा रहेको छ। ४८ घण्टासम्म कुनै डेटा सीमा बिना निर्बाध इन्टरनेट सेवा चलाउन सकिने कम्पनीले जानकारी दिएको छ।
५० डेटा प्याक कर सहित ५० रुपैयाँमा १.१ जीबी मोबाइल डेटा पाउन सकिन्छ। यो तीन दिनसम्म मान्य रहने कम्पनीले जानकारी दिएको छ।
एनसेलका अनुसार यो दुवै प्याकेज छोटो अवधिका लागि डेटा लिन चाहने ग्राहक लक्षित गरेर ल्याइएको हो।
फागुन ८, २०८१ बिहीबार २१:४७:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।