विराटनगरमा बालबालिकाको डे केयरका लागि ‘किडोपिया स्टुडियो’ सञ्चालनमा

विराटनगरमा बालबालिकाको डे केयरका लागि ‘किडोपिया स्टुडियो’ सञ्चालनमा

विराटनगर : विराटनगरमा बालबालिकाको डे केयरका लागि ‘किडोपिया स्टुडियो’ सञ्चालनमा आएको छ। व्यस्त अभिभावक लक्षित गरेर किडोपिया सञ्चालनमा आएको हो।

‘किडोपिया स्टुडियो’ मा इन्डोर तथा आउटडोर खेल क्षेत्र, पुस्तकालय, दृश्य-श्रव्य शिक्षण (एभी) कोठा, आइटी तथा आर्ट र क्राफ्ट स्टुडियो सुविधा रहेको बताइएको छ। ब्रेन गेम तथा पजल्सको विशेष व्यवस्था रहेको र बच्चाहरूको पोषण तथा स्वास्थ्यलाई ध्यानमा राख्दै प्रोटिनयुक्त स्वस्थ भोजनको आपूर्ति गरिएको छ किडोपियाले जानकारी दिएको छ।

बालबालिकाको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै ‘किडोपिया स्टुडियो’ मा गेटेड सेक्युरिटी अर्थात् निगरानीयुक्त सुरक्षित वातावरण निर्माण गरिएको, प्रशिक्षित शिक्षक तथा अनुभवी स्टाफको साथमा बच्चाहरूले खेल्दै-खेल्दै सिक्ने अवसर पाउने किडोपियाले जानकारी दिएको छ।

विराटनगर-१० मा अवस्थित ‘किडोपिया स्टुडियो’ हप्ताको सातै दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने बताइएको छ।

फागुन ८, २०८१ बिहीबार २१:३८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।