नेपाल र म्यानमार फाइनलमा, लेबनान नेपालसँग १-० ले पराजित

नेपाल र म्यानमार फाइनलमा, लेबनान नेपालसँग १-० ले पराजित

काठमाडौं : नेपाल र म्यानमार अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १-० को जित निकालेपछि दुवै टोलीले फाइनल पुगेका हुन्।

नेपालको तर्फबाट ४२औँ मिनेटमा सावित्रा भण्डारीले गरेको एक गोल नै जितको निर्णायक भयो। उनको प्रहार लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट भएर गोल भएको थियो।

खेलमा दुवै टोलीले थुप्रै गोल गर्ने अवसरहरू पाए पनि दुवै टिमका खेलाडीले सदुपयोग गर्न सकेनन्। अन्तमा नेपालले प्रहार गरेको एक गोल नै निर्णायक भयो।

समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमार खेल्ने छन्। एक खेल खेल्नु अगाडि नै यही टोली फाइनल पुगिसकेका छन्। 

फागुन ८, २०८१ बिहीबार २१:२७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।