सानो पशुपति मन्दिर अगाडि युवकको शव, हत्या आशङ्कामा दुई जना पक्राउ

काठमाडौँ : युवकको हत्याको शङ्कामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक बिहीबार मृत अवस्थामा भेटिएका थिए। मृतकको अन्य परिचय खुलेको छैन।
मृतकको शरीरमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा अनुसन्धान अगाडि बढाउँदै जिल्ला प्रहरी परिसर काठमाडौँले दुई जनालाई पक्राउ गरेको हो।
फागुन ८, २०८१ बिहीबार १७:०९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।