‘देशको सार्वभौमसत्ता सानो वा ठुलो हुँदैन,सानो देशमा छु भनेर हीनताबोध गर्न आवश्यक छैन’

‘देशको सार्वभौमसत्ता सानो वा ठुलो हुँदैन,सानो देशमा छु भनेर हीनताबोध गर्न आवश्यक छैन’

पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले सानो देशमा छु भन्ने हीनताबोध भावना नराख्न आग्रह गरेका छन्। उनले कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठुलो नहुने बताए।

‘हात्ती देख्ने बित्तिकै भागेमा माउते हुन सकिँदैन। हात्तीलाई तालिम दिएर माउते हुने कोसिस गर्नुस्। साहसी हुनुस्, दुस्साहस नहुनुस्। हामीसँग उर्वर भूमि छ। यसलाई रूपान्तरणकारी विकासमा लान सकिन्छ। यस काममा विश्वविद्यालय लागोस्। सरकार विश्वविद्यालयको साथमा छ।’

कास्कीको ढुङ्गेपाटनमा आयोजित पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरूले इमानदार भएर देशका लागि काम गर्नुपर्ने बताए।

समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न सङ्काय र तहका गरी सात हजार आठ सय ७२ विद्यार्थीलाई दीक्षित गरेका थिए।

फागुन ८, २०८१ बिहीबार १६:३४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।