सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं : स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
बुधबारको तुलनामा आज प्रतितोला सुनमा पाँच सय रुपैयाँ र चाँदीमा १० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार एक लाख ७० हजार ५०० मा किनबेच भएको एक तोला सुनको मूल्य आज एक लाख ७१ हजार रुपैयाँ निर्धारण भएको छ।
यसैगरी, बुधबार एक हजार ९८५ मा कारोबार भएको चाँदी आज एक हजार ९९५ रुपैयाँ कायम भएको छ।
फागुन ८, २०८१ बिहीबार ११:०५:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।