बिक्री सञ्जाल थप मजबुत गर्दै टीभीएस, जनकपुरमा नयाँ शोरूमको उद्घाटन

काठमाडौं : दुईपांग्रे सवारी साधन ब्रान्ड टीभीएसले जनकपुरमा आफ्नो नयाँ आधिकारिक डिलरशिपको भव्य समुद्घाटन गरेको गरेको छ।
प्रदेश २ का मुख्यमन्त्री सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा भएको उद्घाटन समारोह आर्यन अटोमोबाइल्सद्वारा सञ्चालित छ। उद्घाटन समारोहमा प्रतिष्ठित अतिथिहरू र उद्योगका प्रमुख व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो।
कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री सिंहले व्यावसायिक विस्तारले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन तथा रोजगारीका अवसर सिर्जना गर्न निकै महत्वपूर्ण योगदान दिने बताए।
कार्यक्रममा जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता तथा आर्यन अटोमोबाइल्सका प्रबन्ध निर्देशक राम बालक महतोले जनकपुरका ग्राहकहरूलाई विश्वस्तरीय सवारी साधन तथा सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहो¥याए।
ग्राहकहरु लाई सर्वोत्कृष्ट सेवा प्रदान गर्न आफ्नो विशेष ध्यान केन्द्रित रहेको जनकपुरको नयाँ टीभीएस डिलरशिपले मोटरसाइकल र स्कुटरहरूको विस्तृत रेन्ज, बिक्री पछिको भरपर्दो सेवा तथा सहज खरिद प्रक्रिया प्रदान गर्ने जनाएको छ।
टीभीएस ब्रान्ड नेपालका दुईपांग्रे सवारी साधनको बजारमा अग्रणी स्थानमा रहँदै आएको छ। नयाँ डिलरशिपले ग्राहकहरू, मोटरसाइकल पारखीहरू लगायतका लागि टेस्ट राइड, वित्तीय योजनाहरू तथा विशेषज्ञ परामर्श सुविधा उपलब्ध गराउने जानकारी दिइएको छ।
फागुन ८, २०८१ बिहीबार १०:५८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।