स्वर्गद्वारी घाटमा प्रकृतिको अन्तिम संस्कार

स्वर्गद्वारी घाटमा प्रकृतिको अन्तिम संस्कार

भैरहवा : भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा प्राण त्यागेकी प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा अन्तिम संस्कार गरिएको छ।

उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्याइएको थियो। शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए।

उनलाई हजुरबुवा देवनाथ लम्सालले मुखाग्नि दिएका थिए। उनको पार्थिक शरीर बुधबार उडिसाबाट ल्याइएको हो।

२०६१ असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको गत आइतबार केआईआईटीको होस्टलमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो।

फागुन ८, २०८१ बिहीबार ०९:४३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।