अमेरिकामा दुई साना विमान ठोक्किए, दुई जनाको मृत्यु

एजेन्सी : अमेरिकामा दुई साना विमान ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार दुर्घटना बुधबार टक्सनको माराना क्षेत्रीय विमानस्थलमा भएको हो। मृत्यु हुने दुई जना फरक-फरक विमानमा सवार थिए।
उद्धार टोलीहरू घटनास्थलमा उपस्थित छन् र राहत कार्य जारी रहेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ।
हालसम्म, दुर्घटनामा संलग्न विमानको पहिचान र दुर्घटनाको कारण खुल्न सकेको छैन।
संघीय उड्डयन प्रशासन (एफएए) र राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एसटीएसबी)का टोलीहरू पनि यस विषयमा अनुसन्धान गर्न आइपुगेका छन्।
फागुन ८, २०८१ बिहीबार ०९:३७:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।