तोलामा सात सयले बढ्यो सुनको मूल्य

तोलामा सात सयले बढ्यो सुनको मूल्य

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य बढेको छ।

स्थानीय बजारमा आज प्रतितोला सुनमा सात सय रुपैयाँले वृद्धि भएको छ।

मंगलबार सुन प्रतितोला एक लाख ६८ हजार ७०० मा खरिदबिक्री भएकोमा आज बढेर प्रतितोला एक लाख ६९ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला एक हजार ९७० मा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ९१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फागुन ६, २०८१ मंगलबार ११:३५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।