नेपाली महिला फुटबल टोलीको सुखद सुरुवात: किर्गिस्तान १-० ले पराजित

नेपाली महिला फुटबल टोलीको सुखद सुरुवात: किर्गिस्तान १-० ले पराजित

काठमाडौं : काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले किर्गिस्तानलाई १-० गोलले पराजित गर्दै सुखद सुरुवात गरेको छ। दशरथ रङ्गशालामा भएको खेलमा विमला चौधरीको एक मात्र गोल निर्णायक बन्यो।

खेलको ११औँ मिनेटमा सविता रानामगरको उत्कृष्ट क्रसमा विमला चौधरीले हेडर मार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। त्यसपछि खेलभर किर्गिस्तानलाई दबाबमा राखे पनि नेपाली टोलीले थप गोल गर्न सकेन। नेपाली खेलाडीहरूले आधा दर्जन भन्दा बढी गोल गर्ने अवसर सिर्जना गरे पनि फिनिसिङमा कमजोर देखिए।

यसअघि दिउँसो भएको खेलमा म्यानमारले लेबननलाई ३-१ गोलले पराजित गरेको थियो। पहिलो खेलमै स्पष्ट तीन अङ्क जोडेको नेपाल प्रतियोगिताको सुखद यात्रातर्फ अग्रसर भएको छ।

फागुन ५, २०८१ सोमबार २०:३८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।