अध्यादेश पास हुने प्रधानमन्त्रीको दाबी

दाङ : प्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने दाबी गरेका छन्। घोराहीमा एमाले जिल्ला कमिटीद्वारा आयोजित सभालाई सम्बोधन गर्दै नेपाल सुरुङ मार्ग र पानी जहाजको युगमा प्रवेश गरिसकेको दाबी गरे।
भूमि सम्बन्धी अध्यादेशमा अझैँ दलहरुबीच सहमति हुन नसक्दा सत्ता पक्षमा बहुमत पुग्न सकेको छैन। तर उनले अध्यादेश पास हुने दाबी गरे।
उनले दाङको देउखुरीमा पनि सुरुङ मार्ग बनाउने योजना रहेको बताएका थिए। पुष्पलाल मार्ग, मदन भण्डारी मार्गजस्ता आयोजना निर्माण भइरहेको र अलमल नगरी मिसन २०८४ तर्फ लाग्नुपर्ने उनले बताए।
फागुन ५, २०८१ सोमबार २०:१५:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।