अर्थमन्त्री पौडेल डिस्चार्ज भए, मेयर आचार्य उपचारमै

काठमाडौँ : पोखरा भ्रमण वर्षको उद्घाटन कार्यक्रममा बेलुन पड्कँदा घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। घाइते भए लगत्तै हेलिकप्टरबाट कीर्तिपुरमा रहेको बर्न अस्पताल ल्याइएका उनी सोमबार दिउस डिस्चार्ज भएका हुन्।
शनिवार बेलुन पड्कँदा बलेको आगोको ज्वालाले उनको हात र अनुहारमा घाउ लागेको थियो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भने उपचाररत नै छन्। उनको पनि अनुहार र हातमा आगोले पोलेको थियो।
आगोको ज्वालाले श्वास प्रश्वास प्रणालीमा असर परेको आंशकामा उनलाई निगरानीमा राखिएको छ।
फागुन ५, २०८१ सोमबार १७:३०:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।