काठमाडौं आइपुगिन् साबित्रा भण्डारी

काठमाडौं : अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टोलीको फरवार्ड साबित्रा भण्डारी काठमाडौं आइपुगेकी छन्।
प्रतियोगितामा सहभागी हुन उनी केही बेरअघि काठमाडौं आइपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
प्रतियोगिता आजबाट दशरथ रंगशालामा सुरु हुँदैछ। आजको पहिलो खेल दिउँसो २ बजे म्यानमार र लेबनानबीच हुँदैछ भने दोस्रो खेल साँझ छ बजे नेपाल र कीर्गिस्तान भिड्नेछन्।
नेपाली महिला फुटबल टोलीको सहभागिताको दायरा केहि वर्षयता फराकिलो बन्दै गएको छ। त्यसअघि दक्षिण एसियाली स्तर भन्दा माथिका कमै मात्र अवसर पाउँथ्यो।
गत वर्ष साउदी अरब वाफ च्याम्पियनसिपको फाइनल पुगेयता नेपाली महिला टोलीको चर्चा थप चुलिएको र समर्थनको रुचि बढेको देखिन्छ।
यसपटकको च्याम्पियन्सिपमा दक्षिण एसिया भन्दा बाहिरका टोलीसँघ घरेलु मैदानमा नै खेल हुँदा चासो बढ्नु स्वाभाविक हो मैत्रीपूर्ण नै किन नहोस् समर्थकहरू महिला टोलीले उपाधि जितेको हेर्न चाहिरहेका छन्।
स्वदेशमै साफ च्याम्पियनसिपमा लगातार दुई पटक उपाधि जित्ने मौका गुमाएको नेपाली टोलीले यो च्याम्पियनसिपको उपाधि जितेको खण्डमा त्यसले लगातार उपाधि विमुख हुनुपरेको पीडामा थोरै मल्हमको काम गर्न सक्छ।
उपाधि जित्ने सम्भावनालाई बलियो बनाउन आज कीर्गिस्तानसँगको खेलमा विजयी सुरुवात गर्नुपर्ने हुन्छ। म्यानमार र लेबनान बलियो टोलीमा पर्छन्।
६ वर्षअघि नादेज्दा कपमा नेपालले कीर्गिस्तानलाई ८–२ ले हराएको थियो। यद्यपि कीर्गिस्तानलाई अहिले त्यहि नजरले हर्न मिल्दैन।
वाफमा लेबनानलाई मुस्किलले हराएको नेपालले म्यानमार लाई ४ पटकको खेलमा अहिले सम्म हराउन सकेको छैन। नेपाली टोलीका लागि यसपटक जति चुनौती छ त्यो भन्दा बढी अवसर पनि छ।
फागुन ५, २०८१ सोमबार १२:१६:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।