युक्रेनी राष्ट्रपतिलाई नै बाइपास गरेर युद्ध अन्त्यबारे वार्ता गर्दै ट्रम्प र पुटिन

युक्रेनी राष्ट्रपतिलाई नै बाइपास गरेर युद्ध अन्त्यबारे वार्ता गर्दै ट्रम्प र पुटिन

एजेन्सी : युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच हुने वार्तामा युक्रेनलाई आमन्त्रित नगरिएको खुलासा भएको छ।

युक्रेनका लागि अमेरिकी विशेष राजदूत किथ केलागले सोमबार साउदी अरेबियामा हुने वार्तामा युक्रेनले भाग लिने बताएका थिए।

तर, युक्रेनको एक उच्च स्रोतले बीबीसीलाई त्यहाँ कुनै पनि प्रतिनिधिमण्डल उपस्थित नहुने बताएको समाचारमा उल्लेख छ।

यसअघि, ह्वाइट हाउसका मध्यपूर्व प्रतिनिधि स्टिभ विटकफले आइतबार साउदी अरेबियाको भ्रमण गर्ने पुष्टि गरेका थिए।

उनको भ्रमणको उद्देश्य युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीचको पहिलो वार्ता हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्ध अन्त्य गर्ने बारेमा फोनमा कुरा गरेका छन्।

यसपछि उनले छलफल अगाडि बढाउन दुवै जना चाँडै भेट्ने बताएका थिए। यसपछि युक्रेन र युद्धको बारेमा छलफल तीव्र भएको छ।

यद्यपि, ट्रम्प र पुटिनबीचको यो कुराकानीपछि, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भनेका छन्- ‘युद्ध अन्त्य गर्ने कुनै पनि सम्झौता स्वीकार गर्दैन जसमा यु्क्रेन सहभागी छैन।’

फागुन ५, २०८१ सोमबार ०९:४३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।